एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको भाउ, राख्यो नयाँ रेकर्ड

प्रतिकात्मक तस्विर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

पछिल्लो समय नेपाली बजारमा हरेकदिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोल ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १९ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here