काठमाडौं–फर्पिङ–हेटौंडा सडक तीन दिनका लागि बन्द

काठमाडौं । काठमाडौं–फर्पिङ–हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । शुक्रबार सूचना निकालेर सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन बन्द रहने बताएको हो।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा ह्युम पाइप राख्ने काम भइरहेको कारण आवागमन रोकिएको हो।

प्रहरीले सवारी साधन वैकल्पिक सडकको रुपमा हेटौंडा–पालुङ–काठमाडौँ र कान्तिलोकपथको हेटौँडा–ठिगन–काठमाडौं सडक प्रयोग गर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here