साफ वुमन्स च्याम्पियनसिप २०२४को पहिलो खेलमा नेपाल र भूटान बराबरी खेले

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे ।

साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो । नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपालले गोलमा संघर्ष गर्नु परेको छ ।

पहिलो हाफको ईन्जुरी टाईममा हिरा कुमारी भुजेल र दोस्रो हाफमा दीपा शाही धाइते भए । बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here