इन्स्टाग्रामको किशोरकिशोरी लक्षित नयाँ फिचर, फोटो स्क्रिनसट गर्न नमिल्ने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताको व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै नयाँ सुविधा थप गरेको छ । इन्स्टाग्रामले एक पटक मात्र हेर्नमिल्ने अप्सन राखेर पठाइएको फोटोको स्क्रिनशट लिन वा स्क्रिन रेकर्ड गर्न नमिल्ने बनाएको हो । अश्लील फोटो प्रयोग गरेर ब्ल्याकमेल गर्ने काम०का घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ मेटाले यस्तो सुविधा ल्याउन लागेको हो ।

विशेषगरी प्लेटफर्ममा किशोरकिशोरीलाई सुरक्षित राख्न मेटाले बिहीबार प्रोटेक्सन फिचरको घोषणा गरेको बताएको छ । इन्स्टाको ‘भ्यु वन्स’ फिचरले फोटो पठाउँदा त्यो फोटो एकपटक मात्र हेर्न मिल्छ , तर स्क्रिनशट लिएर व्याल्याकमेल गर्ने गरेको पाइएको छ ।

‘भ्यु वन्स’ मार्फत पठाइएका फोटो र भिडिओ एक पटक हेरिसकेपछि स्क्रिनशट लिन वा स्क्रिनरेकर्ड गर्न नमिल्ने तथा रिप्ले गर्न नमिल्ने बनाउने छ । फिचर इन्स्टाग्रामको वेब भर्सनमा पनि लागू हुने बताइएको छ ।

यस्तो फिचर मेटाका अन्य प्लेटफर्म मेसेन्जर र ह्वाट्सएपमा पनि ल्याउन पहल गरिएको छ । विभिन्न देशका कानुनी निकायले सामाजिक सञ्जालका प्लेटफर्ममा किशोर किशोरीलाई लक्षित हुने सेक्सटर्सनका घटना बढेको बताउँदै आएका छन् । बेलायतको इन्टरनेट वाच फाउन्डेसनका अनुसार सन् २०२३ मा केटाहरूमाथि मात्र ९१ प्रतिशत सेक्सटर्सनका घटना भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here