उत्तरी गाजामा इजरायली आक्रमणमा परी कम्तीमा ७३ जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।

शनिबार अबेर राति भएको बम विष्फोटपछि दर्जनौं अन्य घाइते भएका छन् भने कैयौँ अझै भग्नावशेषमा फसेको अधिकारीहरुले बताएका छन् ।

इजरायलले हताहतीको विवरण जाँच गरिरहेको बताएको छ । तर हमासका अधिकारीहरूले प्रकाशित गरेको तथ्याङ्क अतिरञ्जित भएको र यो उसको सेनासँग भएको जानकारीसँग मेल नखाने बताएको छ।

इन्डोनेसियाली अस्पतालमा इजरायली सेनाले भारी गोली चलाएको खबर सार्वजनिक भएको केही घण्टापछि पछिल्लो आक्रमण भएको हो ।गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार बेइट लाहियामा सञ्चार र इन्टरनेट सेवा बन्द भएका कारण उद्धार कार्य प्रभावित भएको छ ।

हमासद्वारा सञ्चालित सरकारी सञ्चार माध्यमले भीडभाड हुने आवासीय क्षेत्रमा बम विस्फोट भएको र ७३ जनाको मृत्यु भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here