प्रत्येक जिल्लाका कम्तिमा १ सय कार्यकर्ता पोखरा पुर्याइने

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ ।

पूर्व गृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि यस्ते सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर प्रत्येक जिल्लाका कम्तीमा सय जना कार्यकर्ता को दरले पोखरा पुग्न भनिएको हो ।

सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा लगिएको थियो । लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ । पक्राउको विरोधमा रास्वपाले शनिबार काठमाडौं र पोखरामा विरोध प्रदर्शन गरेको थियो । रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here