कास्कीका यी ठाउँमा निशेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबारदेखि रास्वपाले प्रदर्शन गर्दै आएको छ।

त्यस्तै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

शहीदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी गरेको हो।

त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ।

ढद्धण्हघडण्(क्ष्ःन्९द्दठ०(ज्ञठद्दढद्धण्छण्घद्द।वउन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here