पार्किङ गरेको विद्युतीय कारमा आगलागी

काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएको अवस्था कारमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्क गरिएको बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो ।

कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here