प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ ।

प्राधिकरणले सी डाटा कम्युनिकेसन प्रालि र लाइफ नेट प्रालिको इमेलसहित इन्टरनेटको लाइसेन्स खारेज गरेको हो । सोमबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै लाइसेन्स खारेजीबारे जानकारी दिएको हो ।

दूरसंचार ऐनको व्यवस्था अनुसार समयमै आम्दानी विवरण नबुझाउने, प्रयोगकर्ताको विवरण नबुझाउने र ऐनअनुसार नचल्ने सेवाप्रदायकको लाइसेन्स खारेज गर्दै आएको छ । प्राधिकरणले सूचना जारी भएको ३० दिनभित्र सम्पर्कमा आउनपर्ने अन्यथा प्रचलित कानुन अनुसार कारबाहीमा परिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here