भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता

काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ ।

सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एलसीमा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सम्झौता गरिएको छ ।

भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा भएको सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here