मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

क्लाउडपत्रिका
काठमाडौं, १७ फागुन
हेलिकोप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गरिएको छ । मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर गत बुधबार ताप्लेजुङमा दूर्घटनामा परेको थियो ।

शुक्रबार मन्त्री अधिकारीसहित ७ जना कै पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको टुडिखेलमा राखिएको थियो । त्यहा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय झण्डा ओड्याएर सम्मान प्रकट गरिन् । टुडिखेलमा उच्च सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यक्रता तथा सर्वसाधारणको ठूलो उपस्थिति थियो । त्यसपछि मन्त्री अधिकारीको शव गृह जिल्ला कास्की लगिएको थियो भने अन्यको भने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।

 


मन्त्री अधिकारीको आर्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अन्तिम संस्कार अघि शुक्रबार नै उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पोखराको प्रदर्शनी स्थलमा राखिएको थियो । त्यहाबाट रामघाटसम्म शवयात्रा गरी उनको अन्तिम बिदाई गरिएको थियो ।

मन्त्री अधिकारीको अन्तिम बिदाईमा हजारौं सर्वसाधारण उपस्थित थिए । यसैबीच प्रतिनिधिसभा र राष्टिय सभाको शुक्रबार बसेको बैठकले मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार कार्यालय खुलेको दिन पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललगायत कार्यालयमा पनि मृतक प्रति श्रद्धान्जली दिने कार्यक्रम भयो ।

दूर्घटनामा मन्त्री अधिकारीसहित यति एयरका संचालक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक इ. धुर्वदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here