माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारले गलत कदमको विरोध तथा गर्नैपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा अध्यक्ष प्रचण्डले यस्ते निर्देशन दिएका हुन् । प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here