विदाईका लागि ३ मिनेटको सीमा !

काठमाडौं । विमानस्थलमा भावनात्मक बिदाइ एक सामान्य दृश्य हो । तर न्यूजिल्याण्डको डुनेडिन शहर छोड्ने यात्रीहरूले बिदाईलाई सिमित बनाउनपर्ने भएकोछ । अर्थात विमानस्थलमा ‘ ड्रप अफ’ क्षेत्रमा बिदाइ आलिंगनमा तीन मिनेटको नयाँ समय सीमा छुट्याएएको छ । यसको एकमात्र कारण भनेको ट्राफिक जाम हुनबाट रोक्नु हो । म्याक्स हग टाइम तीन मिनेटु, टर्मिनलबाहिरका संकेतहरूले चेतावनी दिएको देखिन्छ ।

विमानस्थलका प्रमुख कार्यकारी अधिकृत डान डे बोनोले एसोसिएटेड प्रेससँग कुरा गर्दै भने विमानस्थलबाहिरको नयाँ डिजाइन गरिएको यात्रु ड्रप–अफ क्षेत्रमा चीजहरू सुचारु रूपमा चल्न सकुन भन्ने उद्देश्यसहित सेप्टेम्बरमा ‘कडल क्याप ‘ लगाइएको थियो।

यता सामाजिक सञ्जालमा भने यसबारे आलोचना शुरु भएको छ । आधारभूत मानव अधिकारको उल्लङ्घन गरेको आरोप लगाइउनका साथै नकारात्मक टिप्पणी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here