धनुषामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । धनुषामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

धनौजी गाउँपालिका वडा नम्बर २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी धनुषामा विद्यालय जाँदै गरेको अवस्थामा बा ३प ९०६५ बसले ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु पश्चात आक्रोशित स्थानीयले बसमा आगजनी गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here