त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण पुनः सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान\अवतरण पुनः सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ)रोकिएको जानकारी दिएको छ ।
उनका अनुसार अहिले वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको छ ।

भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङमा शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ । नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने छ ।

भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको जहाजमा बमको सूचना पाएपछि अहिले नेपाली सेनाले ‘सर्च’ गरेको हो । दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएको थियो । १५७ जना यात्रु सवार यूके १५५ कलसाइनको जहाज मंगलबार अपराह्न ४ः११ बजे अवतरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here