यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?

काठमाडौं । यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने भएको छ । सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान छ ।

आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दीविना मुद्रास्फीति विस्तारै सही दिशातर्फ जाने आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चास बताउँछन् । विकसित अर्थतन्त्र सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किने र उदीयमान बजारका लागि भने केही समय लाग्ने अनुमान रहेको उनले बताए ।
प्रकाशन विश्व अर्थतन्त्रबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आईएमएफ र विश्व बैंकको वार्षिक बैठक अमेरिकामा जारी छ । सोही अवसरमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका तथा फ्रान्स, बेलायत, इटलीलगायतका युरोपेली देशमा आर्थिक वृद्धिदर बढ्ने तर चीन र भारतको अर्थतन्त्र केही सुस्ताउने प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र औसतः रहने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here