टार्जनको स्टार रोन एलीको मृत्यु

काठमाडौं । सन् १९६० को दशकमा टार्जनको भूमिका निभाएका अमेरिकी अभिनेता रोन एलीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

अभिनेताकी छोरी कर्स्टन कासेल एलीले इन्स्टाग्रामपोस्टमा लेखेकी छन्, संसारले अहिलेसम्म चिनेका महान् पुरुषमध्ये एक लाई गुमाएको छ र मैले मेरो बुबालाई गुमाएको छु ।

टार्जन मूल रूपमा १९६६ देखि १९६८ सम्म एनबीसी टेलिभिजन नेटवर्कमा प्रसारित भएको थियो । यस समयमा अभिनेताले धेरै हड्डीहरू भाँचेका थिए र आफ्नै स्टन्ट प्रदर्शन गर्ने क्रममा जनावरहरूले आक्रमण गरेको रिपोर्ट गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here