नेपाल साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, अमिसा कार्की, सावित्रा भण्डारी र रश्मी कुमारी घिसिङले एक-एक गोल गरे ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । नेपालले कुनै पनि गोल नखाएका कारण गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे ।

साफ वुमन्स च्याम्पियनसिपमा नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here