शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

काठमाडौं । सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ ।

सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेंगी फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।

डेंगी संक्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयले लगेको त्यस्तो प्रस्ताव उपर मन्त्रिपरिषदले निर्णय लिदैं शुक्रबार १० बजे सबै १० मिनेट सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने भनेको छ ।

कवाडी सामानहरुमा जमेका पानी फाल्ने सरसफाई गर्न अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद बैठक पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताएका छन् । डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण हो ।

डेंगी सार्ने लामखुट्टेले जमेको पानीमा फूल पार्छ । थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरुले सुझाव दिदैं आएका छन् । स्वास्थ्य मन्त्रालयले त्यस्तो अभियाननै चाल्नुपर्ने प्रस्ताव गरेपछि सरकारी कार्यालबाट प्रारम्भ गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here