सुनको मूल्य स्थिर, चाँदीमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता आज चाँदीको मूल्य भने केहि ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मुल्य आज घटेर प्रतितोला २ हजार ७० रुपैयाँमा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here