धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना, ११ जना घाइते

काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मनकामना दर्शनका लागि गएको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको हो ।

दुर्घटनामा घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here