प्रचण्डले भने : ‘सरकार फेर्न सडकमा आएका हैनौ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्न आन्दोलन नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा उनले यस्तो बताएका हुन् । ‘माओवादीले सडकमा आएर सरकार फेर्न हतार गरेको भन्ने हल्ला साँचो नभएको बताए । साथै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो’, उनले भने ‘एमालेजस्त पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुन् । एमालेको संगतले अलिअलि बिग्रिन थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।

प्रचण्डले कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले जानकारी दिए । उनले भने ‘जति सिट ल्याए पनि एक्लै लड्ने छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here