सुनको भाउ हालसम्मकै उच्च मूल्यमा

काठमाडौं । आइतबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here