सन्तोषी र सन्तोषले जिते माल्दिभ्स रोड रेसको उपाधि

काठमाडौं । माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरुले जितेका छन् । मालदिभ्सको हुलहुमालेमा भएको १५ औं धिरागु माल्दिभ्स रोड रेसमा नेपालका गोल्डेन गर्लको उपनामले चिनिने धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोष विक्रम विष्टले दुई–दुई वटा स्वर्ण पदक जितेका हुन् ।

सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे ।

मुख्य विधा हाफम्याराथनमा सन्तोषीले साम्हा अहमेद र निजमीना अहमेदलाई पाछि पार्दै उपाधि जितेकी हुन् । सन्तोषले हुसेन फजिल र युसुफ इब्राहिमलाई पछि पारे ।

यससँगै दुवै नेपाली खेलाडी २५ हजार र १० हजार गरी कुल ३५ हजार माल्दिभियन रुपैयाँ (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) हात पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here