भेट्टाएको २० डलरबाट चिट्ठाको टिकट किने र १० लाख डलर जिते

अमेरिकाको नर्थ क्यारोलिनाका एक व्यक्तिले २० डलरको टिकटबाट १ मिलियन डलरको चिठ्ठा पारेका छन् । रोचक कुरा त के छ भने उनले पार्किङमा भेटाएको २० डलरबाट १ मिलियन बराबरको चिठ्ठा पारेका हुन् । ब्यानर एल्कका एक मास्टर सिकर्मी जेरी हिक्सले स्टोरको पार्किङमा भेटाएको पैसालाई स्क्र्याच-अफ लटरी टिकटमा खर्च गरे र१ मिलियन डलर जिते ।

उनले आफुले खोजेको चिठ्ठा नपाएपछी सो चिठ्ठा किनेको बताए । हिक्सले शुक्रबार नर्थ क्यारोलिना एजुकेशन लटरी हेडक्वार्टरमा उक्त पुरस्कार जितेका हुन् । उनले यो पुरस्कार २० वर्षको वार्षिकीको सट्टा एकमुष्ट ६ लाख अमेरिकी डलरका रुपमा प्राप्त गर्ने निर्णय गरेका हुन् ।

सो चिठ्ठाको रकममा कर कटाएर उनले नयाँ घर किनेकाछन् । त्यस्तै बाँकी रकम आफ्ना छोराछोरीक लागि खर्च गर्ने उनले बताए । –सिएनएनबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here