सामान्य घट्यो सुनको भाउ, धनतेरसमा बढ्ला त व्यापार !

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य ओरालो लागेको छ । आइतबार मात्रै नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला २१६५ रुपैयाँ पुगेको छ । आईतबार चाँदी प्रतितोला २१ सय ८५ रुपैयाँमा किनबेच भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here