काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका गजेन्द्र वान्तवा राई कतारबाट पक्राउ परेका छन् ।
एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई नेपाल फिर्ता ल्याइएको प्रहरीले जानकारी दिएको छ । भोजपुरका राईलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको हो ।
उनी विरुद्ध आफ्नै श्रीमती शर्मिला तामाङको हत्याको आरोप छ ।
श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको थियो ।