तिहारमा पेट्रोलियम पदार्थ अभाव नहुने

काठमाडौ । तिहारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमे बताएको छ । निगमले सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थ सहज रूपमा बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएकाे हाे ।

निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर र मधेश प्रादेशिक कार्यालय डिपो १६ र १९ कात्तिकमा खुल्ने भएको छ ।

त्यस्तै थानकाेट डिपो १६, १७ र १९, पोखरा डिपो १६ र १७, भैरहवा डिपो १६ र १७ कात्तिकमा खुल्ने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here