थाइ एयर एसियाले गर्यो भैरहवामा परिक्षण उडान

काठमाडौं । थाइ एअर एशियाले भैरहवा–बैंकक रुटमा परिक्षण उडान गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एशियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ । अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने बिमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए ।

राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । बिमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।

थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । एअर एसियाको यो बिमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here