काठमाडौं । रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखिने भएको
छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको हाे ।
दोस्रोपटक म्याद थपिएकोमा कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी फेरि म्याद थप गरिएको हाे ।
न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो ।