वैदेशिक अध्ययनमा बाहिरिने रकम बढ्यो, भित्रिने घट्यो

remit

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शिर्षकमा मुलुक भित्रिने रकम घटेको छ ।

वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैया“ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ।
यो गत वर्षको सोही अवधिमा विदेशी अध्ययनका लागि बाहरिएको रकमभन्दा झण्डै ५ अर्ब रुपैया“ बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा विदेश अध्ययनमा २३ अर्ब ३२ करोड रुपैया“ बाहिरिएको थियो ।
यस्तै, गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैया“ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । पहिलो महिनामा यो शिर्षकमा बाहिरिएको रकम गत आर्थिक वर्षको सोही अवधिको करिब ३९ प्रतिशतले बढेको थियो ।

नेपालमा अध्ययन गर्नकै लागि विदेशबाट विद्यार्थीहरु आउने गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि करिब ४४ करोड ७३ लाख रुपैया“ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम गत वर्षको सोही अवधिको भन्दा कम हो ।

गत आर्थिक वर्षको दुई महिनामा नेपालमा अध्ययनका लागि विदेशी विद्यार्थीले एक अर्ब २८ करोड १३ लाख रुपैया“ खर्च भएको छ । यसले नेपाल अध्ययनका लागि आउने विद्यार्थी संख्या घट्दै गएको पुष्टी हुन्छ ।

पछिल्लो एक दशकमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष ०७१÷७२ मा ३० हजार ७ सय ९७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका सरकारी तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here