काठमाडौं । दोस्रो विश्वयुद्धका चर्चित कोड ब्रेकर एलन ट्युरिङको एआई रोबोटले बनाएको पेन्टिङ १३ लाख अमेरिकी डलरमा लिलामीमा बिक्री भएको छ ।
एआई डा नामक ह्युमनाइड रोबोटले बनाएको दोस्रो विश्व युद्धका कोड ब्रेकर एवं गणितज्ञ एलन ट्युरिङको डिजिटल चित्र १३ लाख अमेरिकी डलरमा बिक्री भएको हो । एलन ट्युरिङलाई ‘फादर अफ एआई’ समेत भन्ने गरिन्छ । युद्धताका नाजी जर्मनीको कोड ब्रेक गर्न उनले प्रमुख भूमिका खेलेका थिए ।
एआई गडको डिजिटल आर्ट सेलका लागि २७ वटा बोलपत्र परेका थिए, जुन सुरुमा १ लाख २० हजार डलर ९९ हजार २ सय ५२ पाउन्ड देखि १ लाख ८० हजार डलर ९१ लाख ३९ हजार पाउन्डमा बिक्री हुने अनुमान गरिएको थियो ।
ट्युरिङको डिजिटल न्यूयोर्कको सोदबीज लिलामीमा कीर्तिमानी मूल्यमा बिक्री भएको हो । यससँगै लिलामीमार्फत कला बेच्ने पहिलो ह्युमनाइड रोबोट एआई(डा बनेको छ । बिक्री भएको चित्रमा ट्युरिङको ठूलो आकारको पोट्रेट छ ।
एआई डाले चित्र बनाउनेसँगै मानवसँग कुराकानी मार्फत अन्तरक्रिया समेत गर्न सक्छिन् । नयाँ प्रविधिबारे छलफल चलाउन सक्नु नै आफ्नो कामको प्रभाव भएको यस रोबोटको भनाइ छ । यस रोबोटले बनाएको चित्र त्यति ठूलो मूल्यमा बिक्री हुनुले कला र समाजमा एआईको बढ्दो प्रभाव उजागर गरेको बताइएको छ ।