काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आज सेयर बजार २२ दशमलव१४ अंकले बढेर नेप्से विन्दु २७ सय ६० मा पुग्दै बन्द भएको हो । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको सेयर मूल्यमा भने वृद्धि देखिन्छ ।
सोमबार विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा समुहको परिसुचकमा गिरावट आएको छ । अन्य समुहको परिसुचक भने उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।
आज कारोबार अवधिभर ३ सय २ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १ सय ५३ बढी कित्ता सेयर किनबेच भएको हो । जसबाट ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार माथि पुगेको छ ।