जाडोमा फिट रहन र वजन कम गर्ने पाँच सजिलो योग पोज

काठमाडौं । जाडो महिना शुरु भएसँगै घर बाहिर गएर योगा वा एक्सरसाइज गर्न असहज हुन थाल्छ । बिशेष गरि बिहानमा चिसो बढी हुने भएकोले पनि बिहान हिडडुल वा बाहिर योगा गर्न समस्या हुन्छ । जाडोमा बाहिर धेरै हिडडुल नगर्दा शरिर निस्कृय हुन्छ ।

त्यसमा पनि जाडाेमा खाना बढी रुच्ने हुँदा मोटोपन बढ्ने जोखिम हुन्छ । यस्तो अवस्थामा घर भित्र रहेर मोटोपन हुन नदिने योगाहरु यहाँ उल्लेख छ ।

१. माउन्टेन पोज अर्थात टडासान
खुट्टा र हातलाई सिधा बनाएर उभिने टडासान हाे । यसले हात खु्टटाका साथै घाटिकाे नसालाई सकृय बनाउछ

२. चेयर पोज अर्थात उत्कत्सासन
दुई हात माथि लगेर तन्काउने तथा कुर्सीमा बसेकाे जस्तै गरेर
खुट्टालाई त्यहि अनुसार बङ्ग्याउने । यसले रक्तसञ्चार तथा मुटुकाे धड्कनलाई समेत सन्तुलन गर्छ ।
३. वरियर अर्थात बीरभद्रआसन
उभिएर एउटा हात र खुट्टालाई अगाडि र अर्का लाई पछाड तन्काउने। यसले हात तथा खुट्टाका साथै कम्मर र ढाँइकाे दुखाई कम गर्न मदत गर्छ ।

४. ब्रिज पोज अर्थात सेतु बन्दासन
सुतेर दुबै हात तल राखि पिढ्युकाे भागलाई माथि उठाउने । पेटकाे बाेसाे घटाउन यसले सहयाेग पुर्याउछ ।

५. बोट पोज अर्थात नभासन
बसेर दुबै खुट्टा उठाउने र हातले खुट्टाकाे पैताला समातेर आफुतिर तान्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here