तोलामै ७ सयरुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, २८ असोज । मंगलवार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।

सोमवार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार ७ सय रुपैयाँले बढ्दै प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । सोमवार ६९ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार ७० हजार ४ सयरुपैयाँ कायम भएको छ ।

मंगलवार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

सोमवार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here