पारसले छाडे कप्तानी

फाइलफोटो

काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पद छाड्ने निर्णय गरेका छन् ।

मंगलबार आफ्नो आधिकारीक सामाजिक संजालमार्फत पारसले कप्तानका रुपमा आफ्नो जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् ।

उनको यो घोषणा आइसीसीले नेपालमाथिको निलम्बन फुकुवा गरेको भोलीपल्टै आएको हो । पारस नेपाली टोलीका लागि सर्वाधिक सफल कप्तान हुन् ।

उनको नेतृत्वमा नेपालले टी २० विश्वकप खेल्यो भने एकदिवसीय मान्यता समेत पाएको छ । नयाँ खेलाडीलाई अवसर दिने भन्दै कप्तानको जिम्मेवारी छाडेको पारसले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here