ट्रम्पले दिए चुनावी उपहार, एलन मस्क ‘डिओजीई’ पद

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका प्रमुख एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् ।

यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाउने क्रममा जितेको अवस्थामा ठुलै पदमा नियुक्त गर्ने बताएका थिए । यस नियुक्ती संगै ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि नियुक्त गरेका छन् ।

नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ समेत भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here