‘१५ दिनभित्र बक्यौता रकम नबुझाए फेरी लाइन काट्छौ’ : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता रकम नबुझाएमा आफु फेरी कारवाहीको प्रक्रियामा लाग्ने चेतावनी दिएका छन् । उनले आज एक पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो बताएका हुन् । ‘बक्यौता रकम नउठेमा नेपाल सरकार तथा उर्जा मन्त्रालयले पनि विद्युत बक्यौता उठाउने काममा अघि बढ्छ भन्ने कुरामा विश्वस्थ छु’ उनले भने ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो ।

‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा लामो समयदेखि चलिरहेको बेलामा सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो । यता बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनमा लाइन काट्ने जोड्ने र बक्यौता नउठाउने भन्ने विषय रहनु नहुने बताए । ‘यो प्राधिकरणको मात्र होइन जनताको नै चासोको बिषय बनिसकेको छ’ उनले भने,’यसलाई सबैले मिलेन सुल्झाउन आवश्यक छ ।’

पत्रकार सम्मेलनमा उनले सरकारको निर्णय पालना गरेर नै सबै उद्योगको लाइन जोडेको जानकारी दिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here