यस्तो छ ४० प्रकारका फल फल्ने रुख, मूल्य ३० लाख

काठमाडौं । तपाँईले आँपको रुखमा सुन्तला, अनार फलेको देख्नुभएको छ ? पक्कै छैन होला।

किनकी हामीलाई एउटा रुखमा सामान्यतया एउटा मात्र फलफुल फल्छ भन्ने थाहा छ ।

तर, तपाईंलाई अचम्म लाग्न सक्छ यो संसारमा यस्तो रुखपनि छ जसमा ४० भन्दा धेरै प्रकारका फलफूल फल्ने गर्छ ।

सबैलाई अचम्ममा पार्ने यो रुख अमेरिकाको विजुअल आट्र्सका प्रोफेसरले तयार पारेका हुन् । यो अचम्मको रुख ‘ट्रि अफ ४०’ नामले विश्वभर परिचित छ । यो रुखमा बेर, सतालु, खुबानी तथा चेरी जस्ता फलफूल फल्छ ।

सो अचम्मको रुखको मूल्य ३० लाख ४० हजार रुपैयाँ भन्दा धेरै तोकिएको छ ।

अमेरिकको सेराक्यूज यूनिभरसिटी स्थित विजुअल आट्र्सका प्रोफेसर सैम वान ऐकेन यो अनौठो रुखका सर्जक हुन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here