काठमाडौं । नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उम्मेदवारी दर्ता भोलि आइतबार हुनेछ ।
यसअघि कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ ।
डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् ।