तीन वर्ष भन्दा कम उमेरका बच्चालाई कति पानी खुवाउने ?

काठमाडौं । पानी मानव जीवनको लागि ज्यादै महत्वपूर्ण छ । पानी विनाका पृथ्वी र मानव जीवनको कल्पना पनि गर्न सकिंदैन् ।

मावन शरीर ६० प्रतिशत पानीबाट बनेको हुन्छ । मानव शरीरको पाचन प्रकृया, रक्तसञ्चार, शरीरको तापक्रम नियन्त्रण आदि कामहरुमा पानीको भूमिका महत्वपूर्ण छ ।

बच्चालाई कति पानी आवश्यक हुन्छ ?

एक वयस्क शरीरको लागि जुन अनुपातमा पानी आवश्यक हुन्छ, बच्चाहरुलाई पनि त्यही अनुपातमा पानी आवश्यक हुन्छ । जसमा मात्राको मात्रै फरक हुन्छ ।

एक वयस्क मानिसको लागि प्रतिदिन २ लिटर भन्दा धेरै पानी आवश्यक हुन्छ भने ३ वर्षभन्दा कम उमेरका बच्चाहरुको लागि देनिक सवा १ लिटर पानी चाहिन्छ ।

इन्डस्ट्री अफ मेडिसिनले गरेको एक अनुसन्धानका अनुसार १ देखि ३ वर्षसम्मका बच्चाहरुलाई दैनिक रुपमा आवश्यक पर्ने पानीको मात्रा सवा १ लिटर हो ।
यस उमेरका बच्चाहरुलाई दुध, जुस, सुपका साथै पानी पनि अत्यन्त आवश्यक हुन्छ ।

पिसावको रंगबाट पनि अनुमान गर्न सकिन्छ पानीको कमी

तापक्रम अनुसार पनि बच्चाहरुलाई पानीको मात्रा मिलाउनु पर्छ । गर्मी मौसममा शरीर धेरै तातो हुने तथा गर्मी मौसममा बच्चाहरु धेरै चल्ने भएको कारण अरु बेलाको तुलनामा गर्मीमा बच्चाहरुलाई धेरै पानी दिनुपर्छ ।

यसका साथै उनीहरुको पिसावको रंगको आधारमा पनि पानी कुन अनुपातमा आवश्यक छ भन्ने कुरा बुझ्न सकिन्छ । यदि बच्चाको पिसावको रंग सफा छ भने उसको शरीरमा पानीको मात्रा सन्तुलित रुपमा छ भन्ने कुरा बुझ्नुपर्छ ।

यदी पिसावको रंग पहेलो भएमा शरीरमा पानीको मात्रा कम भएको छ भन्ने कुरा बुझ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here