शेयर बजारमा सुधार, नेप्से ५ अंकले बढ्दा २२ करोडको कारोबार

काठमाडौं, २८ असोज । सोमवार १२ अंकले ओरालो लागेको शेयर बजारमा मंगलवार सुधार देखिएको छ । मंगलवार नेप्से परिसूचक ५.०८ अंकले बढेर १ हजार १ सय ४२.०४ अंकमा पुगेको छ ।

कारोबारमा आएका मध्ये उत्पादन समुहको सूचक यथावत रह्यो भने अन्य सबै समेहको सूचक बढ्यो । यसको कारण सिङ्गो नेप्से परिसूचक नै बढेको हो ।

मंगलवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखियो । सेन्सेटिभ इन्डेक्स १.०५ अंकले बढेर २ सय ५०.२२ अंकमा पुगेको यो संख्या अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशत बढि हो ।

मंगलवार १ सय ५१ कम्पनीको ७ लाख ६५ हजार ८ सय ९७ कित्ता शेयर किनबेच हुँदा २२ करोड २५ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै होटल समुहको सूचक बढ्यो । होटलको सूचक १७.३३ अंकले बढ्र १ हजार ८ सय ६.४४ अंकमा पुग्यो ।

मंगलवार सबैभन्दा धेरै कमाउनेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । आरएमडीसीको शेयर मूल्य ५.९३ प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलभमेन्ट बैंकको ४.९० प्रतिशत बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका शेयर धनी छन् । सिटी एक्सप्रेसको शेयर मूल्य ५.८८ प्रतिशत घट्यो । त्यस्तै, हिमालयन पावर पार्टनरको ३.४७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक रहेको छ । बैंकले ४ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here