चीनमा वजन घटाने औषधि वेगोवीको विक्री शुरु

Fat man in wide clothing, vector illustration

काठमाडौं । नोभो नोर्डिस्कले गत जुनमा स्थानीय स्वास्थ्य अधिकारीहरूबाट अनुमोदित भएपछि चीनमा आफ्नो वजन घटाउने औषधि वेगोभी सुरु गरेको छ।

यसले प्रतिद्वन्द्वी एली लिलीसँग प्रतिस्पर्धा बढाउने तयारी गरेको हाे ।

एक अर्ब ४० करोड जनसंख्या रहेको चीनमा १८ करोडभन्दा बढी मानिस मोटोपनको चपेटामा छन् ।

चिनियाँ व्यापारिक समाचार वेबसाइट यिकाईका अनुसार चार वटा वेगोभी इन्जेक्सनको एक डोजको मूल्य १,४०० युआन अर्थात १९४ अमेरिकी डलर रहनेछ । जुन संयुक्त राज्य अमेरिकामा औषधिको मूल्यको एक अंश मात्र हो। यिकाईको रिपोर्टमा भनिएको छ कि चीनमा बिरामीहरूले मोटोपनको उपचारको लागि पूर्ण मूल्य चुकाउनु पर्नेछ, किनकि औषधिलाई राष्ट्रिय स्वास्थ्य बीमामा समावेश गरिएको छैन।

अनुसन्धान अनुसार वेगोभीका बिरामीले आफ्नो शरीरको १० प्रतिशतभन्दा बढी तौल घटाउन सक्छन् । चिनियाँ एप वीच्याटमा प्रकाशित एक पोस्टमा नोभो नोर्डिस्कले आफ्नो उपचारले चीनमा अधिक वजन र मोटोपना भएका बिरामीका लागि सुरक्षित र प्रभावकारी तौल घटाउने विकल्प प्रदान गर्ने बताएको छ । यसले भोक कम लाग्ने बनाउनुका साथै विरामीलाई कमजोर महशुस गराउदैन । तथापि, केही प्रयोगकर्ताहरूको लागि साइड इफेक्टहरू जस्तै वाकवाकी र उल्टी हुन सक्ने बताइएको छ ।

त्यस्तै औषधी खान छाडेको अवस्थमा वजन फेरी बढ्न सक्ने जोखिम पनि हुन्छ । सन् २०२१ मा अमेरिकामा वेगोभी बिक्रीमा आएको थियो, जहाँ एक महिनाको आपूर्तिको मूल्य हाल १,३४९ अमेरिकी डलर रहेको छ ।

एलन मस्कलगायत सामाजिक सञ्जालका चर्चित प्रयोगकर्ताका कारण यो औषधि संसारभरका फार्मेसीमा माग बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here