वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

काठमाडौं । बढ्दो प्रदूषणका कारण पाकिस्तानका केही स्थानमा लकडाउन गरिएको छ । धुवाँ तथा धुलोले अवस्था गम्भीर बन्दै गएपछी लकडाउन गरिएको हो ।

प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ। पाकिस्तानको लाहोरमा प्रदूषणका कारण बनेको धुवाँको बाक्लो सतहलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस क्षेत्रमा केही स्थानमा एअर क्‍वालिटी इन्डेक्स एक्यूआई २००० भन्दा माथि पुगिसकेको बीबीसीले जानकारी दिएको छ । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here