मुद्रास्फीति ४.८२ प्रतिशत

यस आर्थिक वर्षको तीन महिनामा (असोज) मूल्यवृद्धिदर ४.८२ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर ७.५० प्रतिशत थियो ।

उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.४९ प्रतिशत छ। गत वर्ष सोही मूल्यवृद्धि क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो ।

गत असोजमा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ ।

तर, माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८, मरमसलाको ०.७९ र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।

यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here