काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार उच्च अंकले घटेको छ । नेप्से ५१ दशमलव ११ अंकले घट्दै २७ सय २ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबारमा आएका सबै समुहको परिसुचकमा गिरावट आएको छ । २ सय २४ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा २० कम्पनीको सेयरमूल्य मात्रै बढ्न पुगेको छ ।
यस दिन कुल ३ सय १० कम्पनीका २ करोड २५ लाख ८८ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट रकम १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएकोनेप्सेले जानकारी दिएको छ ।