हिरो एडभेञ्चर एक्स्पल्स २०० मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं, २८ असोज । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक्स्पल्स २०० मोटरसाइकलको बिक्री वितरण सुरु गरेको छ ।

नेपाली बजारमा राम्रो बिक्री लक्ष्य लिएको यस मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बिक्री सुरु भएको केही समयमा नै यो मोटरसाईकल भारतमा आक्रमक रुपमा बिक्री भएको थियो ।

एक्स्पल्स २०० मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसको कारण १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्ने कम्पनीले बताएको छ ।

यस मोटरसाईकलमा भएको एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडी हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजीटल गति सूचक यन्त्र आदीको कारण यात्रा सफल हुने कम्पनीको दाबी छ ।

एक्स्पल्स रातो, कालो, सुनौलो र कैलो गरि चार रंगहरुमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here