३१ अंकले घट्यो नेप्से, कारोबारमा सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारका सबै सूचक घटेका छन् । अघिल्लो दिनको तुलनामा ३१ दशमलव ३१ अंक घटेर २६८० मा कायम भएको छ ।

बिहीबार कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो । आज कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घटेको छ भने ४ को स्थिर रह्यो ।

बिहीबार फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २ दशमलव ८६ प्रतिशत घट्यो । बैंकिङ ० दशमलव ९०, विकास बैंक १ दशमलव ४७, होटल तथा पर्यटन १ दशमलव ७३, हाइड्रोपावर ० दशमलव९०, लगानी ० दशमलव ९०, जीवन बीमा १ दशमलव ३६, उत्पादन १ दशमलव ५४, माइक्रोफाइनान्स ० दशमलव ६८, निर्जीवन बीमा १ दशमलव१६, अन्य १ दशमलव ६७ र व्यापार समूह ० दशमलव९८ प्रतिशत घटेको छ ।

दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here