एकैपटक ६८८ सहसचिव-उपसचिव पदमा नयाँ भर्ना खुल्यो

काठमाडौं, २९ असोज । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट जनशक्ति भर्नाको प्रक्रिया थालेको छ ।

कूल ६ सय ८८ जना नयाँ जनशक्ति थप गर्ने योजनाअनुसार लोकसेवा आयोगले बुधबार विज्ञापन खुला गरेको हो ।

आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव र उपसचिवका लागि नयाँ जनशक्ति माग गरेको हो । यी पदमा आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी आधारमा भर्ना छनोट प्रक्रिया थालिने आयोगले उल्लेख गरेको छ ।

आयोगले निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुला गरेको छ ।

अप्राविधिकतर्फ भने प्रशासन सेवामा ३७ जना सहसचिव माग गरिएको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलाइएको आयोगले उल्लेख गरेको छ ।

प्राविधिकतर्फ हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनमा एक\एक जना सहसचिव माग गरिएको छ ।
उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाले भर्ना प्राप्त गर्ने भएका छन् । इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३\३ जनाले जागिर पाउने छन् ।

जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक\एक जनाका लागि सरकारी जागिरको अवसर खुलेको छ ।
यसबाहेक आन्तरिक मूल्यांकन प्रक्रियाबाट बढुवाका लागि समेत विभिन्न पदमा अवसर खुलेको आयोगले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here