काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् । बिहीबार फिच रेटिङले नेपालमा सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ । रेटिङले अब नेपाल लगानीयोग्य देशका रुपमा सावित भएको र लगानीकर्ताहरुले नेपालमा निर्धक्कसँग लगानी गर्न सकिने बताएका हुन् ।
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार उनले यो रेटिङले नेपालको अवस्था के हो र हामी कहाँ छौं भन्ने जानकारी दिएको बताए
‘नेपालले कन्ट्री रेटिङमा बीबी माईनस रेटिङ पाएको छ जुन दक्षिण एशियामा हाम्रा लागि यो उत्कृष्ट कुरा हो, उनले भने ‘यो सुरुवात हो, अब हामी यसलाई निरन्तरता दिँदै जानेछौं, यो पहिलो एपिसोड हो,’ । यसले नेपालमा लगानी गर्न सुरक्षीत हुन्छ भन्ने सन्देश विश्वका लगानीकर्तालाई दिएको बताए ।
‘यहाँ लगानी गर्दा प्रतिफल पनि राम्रो हुने फिचले देखाएको छ’ उनले भने, ‘सोही अनुसार नेपालमा लगानी गर्न म विदेशी निजी क्षेत्रलाई आग्रह गर्दछु ।’
कार्यक्रममा उनले फिचले केहि सुझाव पनि दिएको बताउँदै उनले ति सुझावहरु कार्यान्वयन गर्दै जाने बताए । अब फिचले क्रेडिट रेटिङ दिलाएसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० बढ्ने निश्चित भएको उनको भनाई छ । उनले अब नेपाल बी बी माईनसमा मात्र नरोकिएर अझै यो रेटिङलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।